इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीमाथि लेस्टर सिटीले शानदार जीत हासिल गरेको छ । गएराति भएको खेलमा घरेलु टोली लेस्टरले चेल्सीमाथि २-० गोलअन्तरको जीत हासिल गरेको हो ।
लेस्टरको जीतमा विल्फ्रेड एनडिडी र जेम्स म्याडिसनले एक/एक गोल गरे । विल्फ्रेडले छैटौँ र म्याडिसनले ४१ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै टिमलाई २-० गोलको अग्रता दिलाए ।
यो जीतसँगै लेस्टर सीटी १९ खेलबाट ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सी भने तालिकाको आठौँ स्थानमा छ । उसले १९ खेल खेल्दा २९ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेले १८ खेलबाट ३७ अंक बटुलेको छ ।
प्रतिक्रिया दिनुहोस