देश

लेटाङका पाँच सहकारीबिच एकिकरण

विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका बिच एकीकरण भएको हो ।

चालु अवस्थामा हाल रहेको जनचाहान साकोसको नाम र दर्ता नम्बरमानै कारोबार गर्ने सहमति भएको छ । साथै आगामी साधारण सभाबाट एकीकृत जनभावना अनुसार नाम राख्ने सहमति भएको छ । एकीकरण पश्चात हाल रहेको फडानी साकोसमा केन्द्रीय कार्यालय रहने र अन्य सहकारीका कार्यालयमा सम्पर्क कार्यालय रहने सहमति भएको छ ।

निर्वतमान फडानी साकोसका अध्यक्ष हेरम्बराज भट्राईको अध्यक्षतामा १५ सदस्यीय तदर्थ संचालक समिति, निर्वतमान फडानी साकोसका लेखा संयोजक राजेन्द्र खतिवडाको नेतृत्वमा ५ सदस्य तदर्थ लेखा समिति समेत चयन गरिएको छ ।

कार्यक्रममा बिघटित प्रतिनिधी सभाका सांसद घनश्याम खतिवडाको ५ वटा सहकारी एक भएकोमा खुशी ब्यक्त गर्दै जुन उत्साहका साथ एक भएको छ सोही भावना अनुसार सहकारीलाई अगाडी बढाउन आग्रह गरे । ५ सहकारीको एकीकरणपछि शेयर पूँजी ७० करोड पुगेको छ भने शेयर सदस्य संख्या ७ हजार रहेका छन ।

सरकारको एक ब्यक्ति एक सहकारी तथा एक स्थानिय तहका एक सहकारी रहने नीतिलाई पूरा गर्न २ वर्ष देखिको प्रयासले साकार पाएको सहकारी एकीकरण कार्यदलका संयोजक तथा लेटाङ नगरपालिमा–२ वडाध्यक्ष तेजप्रसाद तिम्सीनाले बताए । आज बाट बिधिवतरुपमा एक भएको सहकारीले माघ ११ गतेबाट जनचाहानाको नाम बाट कारोबार सञ्चालन गर्नेछ ।

Featured