देश राजनीति

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, बुधबार फेरि सुनुवाइ

प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा मंगलबारकाे सुनुवाइ सकिएको छ । याे मुद्दामा बुधबार पुनः सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ। मंगलबार पनि निवेदकतर्फका कानुन व्यवसायीले बहस गरे । मंगलबार कानुन व्यवसायीहरू शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल र रुद्र शर्माले बहस गरे ।

Featured