देश

नेकपाकाे पत्रकार संगठन पनि विभाजित, दुवैले राखे छुट्टाछुट्टै भेला

पार्टी विभाजनसँगै नेकपानिकट पत्रकारहरू पनि औपचारिक रूपमा विभाजित भएका छन् । नेकपानिकट पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको ब्यानरमा दुई समूहले छुट्टाछुट्टै भेला आयोजना गरेका छन् ।

नेकपाको प्रचण्ड-माधव समूहनिकट पत्रकारको भेला मंगलबार प्रज्ञा भवनमा भइरहेको छ भने दुई दिनपछि ८ माघमा ओली समूहका पत्रकारहरु भेला हुनेछन् । नेकपानिकट पत्रकार जनवर्गीय संगठन प्रेस संगठन नेपालको दोस्रो भेला भन्दै दुवै समूहले देशभरबाट सदस्यहरुलाई काठमाडौंमा बोलाएर भेला आयोजना गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय प्रतिगामी भएको भन्दै प्रचण्ड-माधव समूहका पत्रकारहरु भृकुटीमण्डपबाट प्रज्ञा भवनसम्म नाराजुलुससहित प्रदर्शन गरेका थिए । प्रचण्ड-माधव समूहनिकट पत्रकारको संगठनको दोस्रो भेला काठमाडौं आयोजना गरेको छ । भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सम्बाेधन गर्दैछन् ।

प्रेस संगठनका संयोजक महेश्वर दाहाल प्रचण्ड-ओली समूहमा छन् भने सहसंयोजक गणेश बस्नेत ओली समूहमा छन् ।बिहीबार हुने ओली समूहका पत्रकारहरूको भेलालाई प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका छन् ।

Featured