देश राजनीति

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् ।

त्रिपाठीलाई जवाफ दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आवश्यक परे रेकर्ड झिकाउने बताए । ‘यो विषय पहिले पनि माग भएको थियो, हाम्रो नोटमा छ । आवश्यक परे रेकर्ड मगाउँछौँ’, राणाले भने ।

प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, महान्यायाधिवक्ता अग्नि खरेललगायतले सार्वजनिक रूपमा बोलेका थिए ।

संविधानसभामा समेत यस विषयमा बहस भएको थियो । प्रधानमन्त्री केपी ओलीले संविधानअनुसार नै प्रतिनिधिसभा विघटन गरेको दाबी गर्न थालेपछि संविधानसभामा भएका बहसको रेकर्ड झिकाउनुपर्ने माग इजलासमा उठेको हो ।

Featured