देश शिक्षा

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ९ र १० फागुनमा

काठमाडौं, ४ माघ-नेपाल मेडिकल काउन्सिलको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) फागुन ९ र १० गते हुने भएको छ । काउन्सिलले परीक्षाको लागि आवेदन खुलाएको छ ।

५ माघदेखि अनलाइन फारम खुला गरिएको काउन्सिलले जनाएको छ । माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फाराम बुझाउन सकिने काउन्सिलको सूचनामा उल्लेख गरिएको छ ।

Featured