देश

उत्तरी मोरङको विकट ठाउँ वारङ्गीमा लायन्स शुभमको सहयोग

विराटनगर, ४ माघ । उत्तरी मोरङको विकट पहाडी क्षेत्रमा लायन्स क्लब अफ विराटनगरले सहयोग गरेको छ । लायन्स क्लब अफ बिराटनगर शुभम द्वारा लेटाङ नगरपालिका को वार्ड नम्बर ७ वारङ्गी स्थित एक विद्यालयलाइ ४० हजार रुवपैयाँ बराबर को सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

वारङ्गीमा अवस्थित श्री सरस्वती आधरभुत बिधालयका ६७ जाना बिद्यार्थीहरु लाई जाडोमा लगाएउने ट्राक सुट, कापी कलम, खेलकुड सामाग्री र पानी तताउने जग हस्तान्तरण गरिएको हो ।

उक्त ठाउँमा पुग्न एकदमै कठिन रहेको र सो सविद्यालयमा विद्यार्थी चिसो मौसममा पनि पातलो लुगा लगाएर आएको देखेर लायन्स शुभमले सहयोग गरेको लायन्स क्लब अफ बिराटनगर शुभम कि अध्यक्ष मनिका शर्माले जानकारी दिइन । उक्त कार्यक्रममा मनिका शर्मा, खगेन्द्र लिम्बू, नितम चौहान, प्रनिता बसनेत, निश्चल श्रेष्ठ, शान्ती पाखृन, अनुजा कोइराला, बिष्णु लिम्बु, बिन्दु लाखे, बिनि भन्डारी, निलम चौहान, पेरिस सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

Featured