देश

विराटनगर सीमा क्षेत्रबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगर, २ माघ । विराटनगर–१६ स्थित सिमा क्षेत्र बाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा–६ का २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात चेकजाँच गर्दा उनको साथबाट प्रहरीले लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्याब्लेट लागुऔषध बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Featured