विराटनगर, २ माघ । नोबेल मेडिकल क्लेज विराटनगरमा १२ औं ब्याचमा अध्ययनरत एम बि बि एसका विद्यार्थीहरु कलेजले तोकिएको भन्दा बढि शुल्क उठाएको भन्दै आन्दोलित भएका छन् ।
२०७४÷०७५ सालमा भर्ना भएका १२ औं ब्याचका ३७ जना विद्यार्थीहरुले प्रति विद्यार्थी ४२ लाख तिर्नुपर्नेमा अहिले सम्म ४९ लाख ९० हजार भन्दा बढी शुल्क तिरी सकेकोले बढी तिरिसकेको शुल्क फिर्ता हुनु पर्ने माग गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले विद्यार्थीका लागि ४२ लाख ४५ हजार शुल्क तोके पनि नोबेल मेडिकल कलेजले ४९ लाख ९० हजार भन्दा बढी शुल्क लिदै आएको विद्यार्थीहरुले बताएका छन । विद्यार्थीहरुले बढी लिएको शुल्क फिर्ताको गर्नु पर्ने बिषयमा काठमाडौ विश्व विद्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराई सकेपनि त्यहा बाट कुनै किसिमको जानकारी नआएको र आज भोलि गर्दै आलटाल गर्दै आएको गुनासो गरेका छन ।
शुल्क फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका विद्यार्थीहरुलाई प्रशासनले भने आइतबार बोलाएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उक्त बिषयका बारेमा सहायक प्रमुख जिल्ला अधिकारीले अध्ययन गरिरहेकाले अहिले उनी बाहिर गएको अवस्था रहेको बताउदै आइतबार दुबै पक्षलाई बेलाएर लिएको शुल्क फिर्ता गराउने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले बढि शुल्क लिइएको विद्यार्थीको गुनासोका विषयमा कलेजलाई जानकारी मागिएपनि जवाफ नआएकोले आइतबार प्रशासनमा बोलाइएको बताए ।
प्रतिक्रिया दिनुहोस