विदेश

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु

Residents inspect an earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. A strong inland and shallow earthquake hit eastern Indonesia early Friday causing people to panic in parts of the country???s Sulawesi island and run to higher ground. (AP Photo/Rudy Akdyaksyah)

एजेन्सी, २ माघ-इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कैयौँ भवन भत्किनुका साथै र क्षतिग्रस्त भएको बताइएको छ ।

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।

सुलावेसी द्वीपको मामुजु शहरमा मात्र यस भूकम्पका कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमान बताए । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरू पुरिएको अनुमान गरिएको छ ।

त्यसैगरी, मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पका कारण आठ व्यक्तिको मृत्यु भएको छ । दुवैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

उद्धारकर्ताहरूले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पुरिएका अनुमान गरिएको छ ।

भूकम्पका कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् ।   सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा १ लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

Featured