देश

नेकपाका दुवै समूहका अध्यक्षले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, १ माघ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुवै समूहले स्थायी कमिटी बैठक बाेलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले बालुवाटारमा र नेकपा प्रचण्ड-नेपाल समूहले बैठक पेरिसडाँडामा स्थायी कमिटी बैठक बाेलाएका हुन् ।

ओली समूहको स्थायी कमिटी केही बेरमा र प्रचण्ड-नेपाल समूहको बैठक ३ बजे बस्ने बताइएको छ । आजको स्थायी कमिटी बैठकमा दुवै समूहले आ-आफ्ना रणनीतिबारे छलफल गर्देछन् ।

प्रचण्ड-नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्दै केन्द्रदेखि प्रदेशसम्म गठबन्धनको प्रस्ताव गरेको थियो । सो विषयमा समेत स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ ।

Featured