देश

परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

काठमाडौं, १ माघ-नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सहभागी छन् ।

बैठकमा नेपालले सीमा विवाद, कोरोनाविरुद्धको खोप, नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अहिले आयोगका अध्यक्षता भारतले गरिरहेको छ । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । प्रतिनिधिसभा विघटनपछि बढ्दो राजनीतिक अन्योलताका बीच मन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

Featured