देश

पिएचडि गरेको भन्दै प्रशिक्षण केन्द्रको अवरणमा १२ सय जनालाई ठगि गर्ने पक्राउ

विराटनगर, २९ पुस-टोरोन्टो विश्वविद्यालयबाट विद्यावारिधी (पिएचडि) गरेको भन्दै प्रशिक्षण केन्द्रको आवरणमा सर्वसाधारणलाई ठगि गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ का रामवलीकुमार दनुवार रहेका छन् ।

उनले आफुलाई टोरोन्टो विश्वविद्यालयबाट पिएचडि गरेको डा. रामवली कुमार सिंह भन्दै मैनवत्ती, साबुन बनाउने तालिम तथा राहत वितरण गर्ने भन्दै सुनसरीका १२ सय जना भन्दा बढीलाई ठगि गरेका थिए ।

दनुवारले सरस्वती सिलाई प्रशिक्षण केन्द्रको आवरणमा सप्तरी, सुनसरी, महोत्तरी र धनुषा जिल्लाहरुमा शाखा विस्तार गरेको जनाइएको छ । ठगिमा परेका सर्वसाधारणको गुनासो तथा उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

Featured