देश शिक्षा

कक्षा १२ को नतिजा माघ पहिलो साता सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं, २९ पुस-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ । माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको बोर्डले जनाएको हो ।

‘विद्यार्थीको नम्बर इन्ट्री गर्ने काम सकियो । रुजुको काम भइरहेको छ । जतिसक्दो छिटो सार्वजनिक गछौँ’, बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यालयले भनेको जस्तो काम नगर्दा नतिजा सार्वजनिक गर्न ढिला भएको हो ।’

गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी भएका थिए । १२ को नतिजा सार्वजनिक नहुँदा स्नातक तहको भर्ना प्रक्रिया रोकिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १२ को नतिजा सार्वजनिक नभएको भन्दै इन्जिनियरिङ संकायको भर्ना कार्यक्रम नै स्थगित गरेको छ ।

Featured