देश राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ पुनः सुरु, बहसमा महान्यायाधिवक्ता खरेल

काठमाडौं, २९ पुस-सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ पुनः सुरु भएकाे छ । एक घण्टाकाे ब्रेकपछि सुरु सुनुवाइमा महान्यायाधिवक्ता अग्नि खरेल बहस गरिरहेका छन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ बृहत् पूर्ण इजलासमा लैजान नपर्ने तर्क गरेका छन् ।

यसअघि बहस गरेका निवेदकतर्फका कानुन व्यवसायीले संवैधानिक इजलासकाे क्षेत्राधिकारमा प्रश्न उठाउँदै मुद्दाकाे सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने तर्क गरेका थिए ।

सुनुवाइका लागि आज प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा न्यायाधीश हेरफेर गरेका छन् । संवैधानिक इजलासको पुरानो टिममा न्यायाधीश हरिकृष्ण कार्कीको साटाे सपना प्रधान मल्ललाई राखेर राणाले बुधबारका लागि संवैधानिक इजलास तोकेका छन् ।

Featured