देश

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो : अध्यक्ष आचार्य

विराटनगर, भदौ ८–नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय समाजिक सञ्जालको दुरुपयोग बढीरहेको बताएकमा छन् । सामाजिक सञ्जाल एउटा माध्ययम भएपनि यसको सही सदुपयोग नहुदा यसले राम्रो प्रतिफल दिन नसकेको उनले बताए ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आइतबार विराटनगरमा सम्पन्न नागरिकको दृष्टीकोणमा मिडिया पृष्ठपोषण कार्यक्रममा उनले पत्रकार कानुन र आम जनता मन्दा माथि नरहेको समेत बताए ।

अध्यक्ष आचार्यलेसञ्चार माध्याम र पत्रकारका कमी कमजोरी नागरिक समाजबाट औँल्याइदिनका लागि महासंघले देश व्यापीरुपमा यस्ता कार्यक्रमहरु ओजना गरेको बताए ।

उनले नागरिक समाजले सञ्चारमाध्याम र पत्रकारका कमिकमजोरी औँल्याइदिएपछि त्यस्ता कमि कमजोरीहरु सच्याइँदै लगिने बताए । सो अबसरमा मिडियालाई स्वतन्त्र र निष्पक्ष हुनुपर्ने नागरिक समाजका अगुवाहरुले सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले मिडिया र संचारकर्मीहरुले राजनितिक आस्थाका आधारमा सामाचार लेख्न नहुने बताए ।

त्यस्तै नागरिक सामाजका अगुवा दिनेश श्रेष्ठले नागरिकप्रति उत्तरदायी हुनुपर्ने मिडिया र पत्रकार पछिल्लो समय औद्योगिक घराना, राजनितिक दलको प्रभावमा बढी पर्ने गरेको बताए । नेता तथा पूर्व पत्रकार रामरिझन यादवले पत्रकारीतामा राजनितिको घुसपैठ बढेको बताए । कुनै समयमा मिसन पत्रकारिताको आवश्यकता भएपनि अब पत्रकारले मिसन पत्रकारिता गर्न नुहुने उनको भनाइ छ ।

कार्यक्रमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, नेपाली कांग्रेस मोरङका सचिव नागेस कोइराला, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश अध्यक्ष विक्रम लुइँटेल लगायत, नागरिक समाजका अगुवा, राजनितिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो । उनीहरुले पत्रकार र मिडियामा भएका कमीकमजोरीहरु सच्याउँदै समाचार माथिको विश्वसनीयता कायम राख्न सुझाब दिएका थिए ।