देश

पुराना दलले देशलाई बन्दी बनाए : रविन्द्र मिश्र

बुटवल, भदौ ८–साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पुराना राजनीतिक दलले समाजलाई नै अपहरण गरेर राखेको बताएका छन् । बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै संयोजक मिश्रले राजनीतिक दलहरुले पार्टीं संगठनका झुण्ड बनाएर समाजलाई अपहरण गरेको बताएका हुन् ।

उनले प्रशासन, कर्मचारी, उपभोक्ता समिति, एनआरएन, डाक्टर, इन्जिनियर, पत्रकार सबैतिर राजनीतिक छाता पुरानो संगठनले ओढाएको बताए । यसो गर्दा व्याक्तिको वा पार्टीको मात्र भलो हुने भन्दै उनले जनतको भावना समेट्न नसकिने बताए । उनले साझा पार्टी नेतृत्वमा आए पहिलो मन्त्रीपरिषद् बैठकबाटै सबै भातृ संगठनहरु भंग गर्ने बताए ।

Featured