विदेश

अमेरिकी संसदमा हिंसाः चार जनाको मृत्यु भएको पुष्टि, ५२ जना पक्राउ

एजेन्सी, २३ पुस-अमेरिकाको राजधानी वासिंगटनमा रहेको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले गरेको आक्रमणका क्रममा चार जना प्रदर्शनकारी मारिएका छन् ।

वासिंगटन प्रहरीले थप तीन जना प्रदर्शनकारी मारिएको पुष्टि गरेको छ । प्रहरीका अनुसार एक महिलाको प्रदर्शनका क्रममा मृत्यु भएको हो भने अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार अहिलेसम्म प्रहरीले ५२ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ४७ जनालाई कफ्र्यु तोडेको आरोपमा पक्राउ गरिएको हो । संसद भवनभित्रै प्रहरीको गोली लागेर सान डिएगोकी एसली बेबिटको मृत्यु भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी अमेरिकी वायुसेनामा समेत काम गरेकी महिला हुन् ।

Featured