काठमाडौं, भदौ ८-टेलिभजन प्रस्तोता रवि लामिछानेको बयान नसकिएपछि जिल्ला अदालत चितवनले आज पनि उनलाई हिरासतमा पठाएको छ।
चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो।
आइतबार रुकुको बयान भएको छ। तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ। भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए।
प्रतिक्रिया दिनुहोस