देश

राष्ट्रपति भण्डारी र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौँ, भदौ ८–नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारी बिच छलफल भएको छ । आइतबार बिहान ९ बजे शितलनिवास प्रवेश गरेका प्रचण्डले राष्ट्रपति भण्डारीसँग १ घण्टा छलफल गरेका हुन् ।

प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेक छन् । राष्ट्रपति भण्डारी र कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग समसामयिक राजनीतिबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।