काठमाडौं, भदौ ८–त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन् ।
टर्किस एयरलाइन्समार्फत बुधबार काठमाडौं आएका उनीहरुमाथि डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको आरोप लगाइएको छ । टर्किस एयरलाइन्सको विमानमार्फत इस्तानबुल जान लागेका उनीहरुलाई चोरी भएको दुई वटा सुनको बाला र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस