देश

रविसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग दर्ता

चितवन, भदौ ८–पत्रकार शालिकराम पुडासैनी आत्महत्या पकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ ।

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले अनुसन्धान पश्चात् पत्रकार लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की्विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगपत्र दायर गरेको हो ।

आजै सबै प्रक्रिया टुंग्याउन सम्भव नभएका कारण बहस हुने बताइएको छ । यदी आज मुद्धाको फैसला हुन नसके तीन जना नै पुनः प्रहरीको हिरासतमा रहने छन् । हेमन्त मल्लको इजलासले मुद्दा हेर्नेछ । आत्महत्या दुरुत्साहन मुद्धामा दोषी ठहरिए पाँच वर्ष कैद र ५० हजार जरिवाना सजाय हुनेछ ।

चितवनमा आज रविको समर्थन जनाउँदै कलाकार दिपक राज गिरी, दिपाश्री निरौला, वरिष्ठ पत्रकार ऋषि धमला समेत पुगेका थिए । समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अगाडि केहीबेर नाराबाजी समेत गरेका थिए ।

मृतक शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रविसहित ३ जनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेपछि गएको साउन ३० गते रविसहित कँडेल र कार्की पक्राउ परेका थिए ।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताए थिए । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।

Featured