देश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ चिकित्सकको २४ घण्टे अल्टिमेटम

काठमाडौँ, भदौ ८-भदौ ६ गते सामूहिक राजीनामा दिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले काममा फर्कनको लागि प्रशासन समक्ष ८ बुँदे मागलाई अघि सारेका छन्।

२४ घण्टा सम्म माग सम्बोधन गर्ने या राजीनामा स्वीकृत गर्ने दुई मध्ये एक विषयको टुङ्गो लगाउन उनीहरुले उपकुलपतिलाई आग्रह गरेका छन्। माग सम्बोधन नभएको खण्डमा आकस्मीक बाहेक सबै सेवामा सहभागी नहुने उनीहरुले बताएका छन्।

प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका थिए।

विज्ञप्ती यस प्रकार रहेको छ :