देश सूचना/ प्रबिधि

सामाजिक सञ्जाल फेसबुकबाट सीडीओलाई गाली गर्ने एकजना पक्राउ

वीरगञ्ज, भदौ ८-सामाजिक सञ्जालला फेसबुकबाट सीडीओलाई गाली गर्ने एकजना पक्राउ परेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्ता रहेका छन्।

उनी कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।