देश

लामिछाने सहित तीन जनाको मुद्दाको फाइल सरकारी वकिलकोमा पेश

चितवन, भदौ ८–चितवन चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

पुडासैनी चितवनको कङारु होटलको एक कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो । तर, रविका समर्थकहरुले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

Featured