NRNA खबर देश

एनआरएनए उपाध्यक्षमा महासचिव डा. केसीको उम्मेदवारी

काठमाडौँ, भदौ ७–गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि वर्तमान महासचिव डा.बद्रि केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

संघको सन् २०१९ देखी २ वर्षे कार्यकालको लागि वर्तमान महासचिव डा.केसीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका हुन् । महासचिव डा. के सी स्थापना कालदेखीनै आवद्ध रहँदै गैर आवासीय नेपालीहरुका हक अधिकार तथा संघको विकासमा महत्पूर्ण योगदान दिँदै आएका छन् । उनी एनआरएन अभियानमा नियमित एउटा अभिन्न पाटोका रुपमा रहँदै आएका छन् ।

यस्तो छ डा. केसीको पृष्ठभुमी
काठमाण्डौको दक्षिणकाली स्थित फर्पिङमा जन्मिएका  डा. केसी सानैदेखी पढ्न अब्बल भएकैकारण सन् १९९० को परिक्षाम उत्कृष्ट नतिजा ल्याउन सफल भए । सोही परिक्षामा उत्कृष्ट नतिजाकै कारण रसियामा छात्रबृत्ति पाएर अध्ययन गर्ने मौका पाएका उनी रसिया पुगेको बर्षौँ भइसक्यो ।

काठमाडौँको अमृत साइन्स कलेजबाट १९९० मा आइएस्सी गरेका उनले १९९६ मा वायो–टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका मात्र छैनन् सन् २००१ म सोही विषयमा स्नातकोत्तर समेत गरेका छन् । २००९ मा उनले व्यवस्थापनमाका विषयमा थप ज्ञान आर्जनका निम्ती मस्को स्टेट यूनिभर्सिटीबाट EXECUTIVE MBA (EMBA) समेतको अध्ययान पुरा गरे । हाल परिवार सहित मस्कोमा बस्दै आएका उनका दुइ सन्तान छन् । १८ वर्षिया जेठी छोरी मस्कोकै युनिभर्सिटीकी बिधार्थी हुन् । उनका कान्छो सन्तानका रुपमा रहेका छोरा स्थानीय विद्यालयमा १० कक्षामा पढ्दैछन् ।

डा. केसी सफल व्यवसायी, हजारौँलाई रोजगारी
नेपाली राजनितिमा पनि केही समय प्रवेश गरेका डा. केसीको राजनिति भन्दा पनि व्यापार व्यवसाय तर्फ ध्यान गयो । उनी गैरआवासीय नेपाली संघको अभियान, आफ्नो अध्ययन र निजि व्यवसायमा होमिए । उनी यतिवेला विश्वकै एक सफल उद्योगी तथा व्यवसायीको कित्तामा आफुलाई उभ्याउन सफल भएका छन् । हाल सम्म उनको फाइनान्स, हाइड्रो पावर, कृषि, बीमा, आयात, निर्यात, लगायत दर्जनौँ क्षेत्रमा लगानी छ ।

उनी नेपालबाट चिया सवैभन्दा बढी विदेश निर्यात गर्ने व्यवसायी मात्र होइनन्, चिया बगानका मालिकसमेत हुन् । नेपालको इलाममा र झापामा रहेको उनको चिया बगानमा ५०० भन्दा बढीले रोजगारी समेत पाएका छन् । उनको झापामा आफ्नै चिया प्रशोधन केन्द्र पनि छ । मस्कोमा रहेको उनको उद्योगमा करिब २ दर्जन नेपाली सहित १०० भन्दा धेरै कामदारले काम गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघमा आवद्धता
गैरआवासीय नेपाली संघको इतिहासमा डा. केसीको महत्वपुर्ण योगदान छ । स्थापनाकालदखीनै उनको विभिन्न स्थानमा नाम भेटिन्छ । उनी अन्तरास्ट्रिय कार्यकारी समितिमा सबैभन्दा अनुभबी मानिन्छन् । संघ स्थापनापूर्व यसको अवधारणा बनेदेखीनै संस्थाका अभियन्ता डा. उपेन्द्र महतो, जिवा लामिछाने संगसंगै अभियानमा होमियका डा. केसी २००३ देखी २००७ सम्म राष्ट्रिय समन्वय परिषद रुसको साधारण सदस्य थिए ।

२००७ देखी २००९ सम्म उनी राष्ट्रिय समन्वय परिषद रुसको महासचिवको भुमिकाका रहे । उनले २००९ देखी २०१३ सम्म दुइ कार्यकाल अन्तराष्ट्रिय समन्वय समन्वय परिषद सदस्य भएर काम गरेको इतिहास छ । २०१३ देखी २०१५ सम्म उनी अन्तराष्ट्रिय समन्वय परिषद कोषाध्यक्ष भए । त्यसपछि हाल सम्म उनी आइसीसीको महासचिव छन् ।

त्यति मात्रै होइन अन्तराष्ट्रिय समन्वय परिषदको लागि उनी २०१५–२०१९ दुई कार्यकाल सम्म नीति निर्माण समिति कार्यदलको संयोजकको भुमिकामा रहेका छन् । डा. केसी अर्को कार्यदल उज्यालो नेपालको पनि २०१७–२०१९ का लागि संयोजक नै हुन् ।

आर्थिक सुदृढता कार्यदलमा भने २०१३–२०१५ सम्म कोषाध्यक्ष हुँदा कार्यदलको संयोजक भएर उनले काम गरे । उनी २००९–२०११ सम्म र २०११–२०१३ सम्म दुइपटक राष्ट्रिय उत्पादन प्रवर्धन समितिको संयोजक थिए । उनले २००९ देखी २०११ सम्म रुसको मस्कोमा नेपाल भवन निर्माण समितिको निर्देशक भएर काम गरेका छन् । नेपाल भवन, कालुगा, रुसको लागि २००९ उनी हालसम्म कार्यकारी निर्देशक नै छन् । यस्तै उनकै प्रयत्नले नेपाली ब्यापार र निर्यात क्षेत्रमा राम्रो योगदान भएको छ ।

महासचिव जस्तो पदिय जिम्मेवारीका कारण विधान अनुसार चल्नुपर्नेमा उनी अलि कडै स्वभावका छन् । जसका कारण कतिपयले उनलाई ‘छुच्चो’ पनि भन्न सक्छन् । गैरआवासीय नेपाली संघको दुइ कार्यकाल महासचिव भएर काम गरेकै कारण कतिपय एनसीसी र विधानका कुरामा यस्ता घटना पनि भएका छन् । संस्थाको नीति र विधानलाई अक्षरस पालना गराउनकै लागि कयौँ पटक बैठकमै चर्का चर्की समेत परेको उनी स्मरण गर्छन् । उनि भन्छन्,’ त्यो मेरो व्यक्तिगत फाइदाका लागि थिएन । संस्थाको भलो र हितका लागि अलि कठोर बन्नु स्वभाविक हो ।’

डा.केसीको प्रमुख योगदान संघका पंजीकृत सदस्यतालाइ डिजिटलाइज गर्नमा पनि जान्छ । Membership Information System (MIS) २०१५ मा सुरु गरिएपनि यसको २०१९ देखी मात्र सफल कार्यान्वयन भएको छ । कतिपय एनसीसीले यसलाई सहज रुपमा नलिएपनि यसलाई कार्यान्वयन गराउने कुरामा उनको जोड निरन्तर छ । २०१९ को पंजीकृत सदस्यता विश्वका सबैजसो एनसीसीले कार्यान्वयनमा ल्याएको दावी उनको छ ।

त्यस्तै संघका पंजीकृत सदस्यका लागि बनाइएको Global ID Card र यसबाट उनीहरुलाई फाइदा दिने कार्यमा पनि धेरै समय खर्चेको उनले बताए । उनले भने,‘यो कार्डले सदस्यमात्र होइन, परिवारका सवै सदस्यले समेत बेनिफिट लिन सक्ने व्यवस्था गरिएको छ ।’

डा. केसी कोषाध्यक्ष हुँदा प्लेज र बक्यौता सम्बन्धी याँ नीति बनाएकै कारण त्यस्तो रकम सुन्य थियो । संघको आर्थिक सुदृढिकरणका लागि उनले जापानमा भएको २०१४ को क्षेत्रीय सम्मेलनमा १० बर्षीय योजना प्रस्तुत गरेका थिए । त्यसैको NRNA Foundation भएको उनको दावी छ ।

पछिल्लो कार्यकालमा डा.शेष घले अध्यक्ष हुँदा निर्यण गरिएको Vision 2020 & Beyond लाइ कार्यान्वयन गराउन पनि थुप्रै नीति बनाउँदै गरेको र अब Vision 2020 & Beyond छिट्टै पुर्णरुपमा कार्यान्वयनमा लगिने उनले जानकारी दिए ।