देश

पूर्वतर्फ लाँदै गरेका १२१ वटा गोरु प्रहरीको नियन्त्रणमा, ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रूपन्देही १२१ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिमतर्फबाट पूर्वतर्फ लैजाँदै गरेको गोरुसहित पाँच जनालाई बुटवलको अस्पताललाइनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

पाँचवटा ट्रकमा अवैध रूपमा गोरु लैजान लागेको सूचनाका आधारमा गोरुसहित चालकहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी रूपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

प्रहरीले ना. ५ ख ५६५५ नं. को ट्रकबाट २२ वटा, ना. ८ ख ७३०२ नं ट्रकबाट २५ वटा, बाग्मती प्रदेश ०३–००१ ख ०३३३ नं. को ट्रकबाट २५ वटा, ना. ६ ख ५७१२ नं. को ट्रकबाट २३ वटा र ना. ५ ख ७५३९ नं. को ट्रकबाट २६ वटा गरी १२१ वटा गोरु बरामद गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले बारा निजगढ नगरपालिका- ८ का ३६ वर्षीय गणेश पौडेल, जीतपुर सिमरा नगरपालिका-१६ का ३८ वर्षीय तिलक बहादुर जिम्बा, नीजगढ नगरपालिका- ९ का ५२ वर्षीय शम्भु भट्टराई, सोही ठाउँका ३२ वर्षीय नवराज कार्की र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१४ का ३० वर्षीय लक्ष्मण दनैलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Featured