देश

सपना रोकालाई भेटेर अर्थमन्त्रीले दिए बधाई

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना रोका मगरसँग भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन् ।

नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत रुपमा गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रशंसा गरे । अर्थमन्त्री पौडेललाई मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका शबको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताइन् ।

समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे शब व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेट्न पाउँदा खुशी लागेको पनि बताए । समाजसेवी सपनालाई बीबीसीले संसारका १ सय जना प्रभवशाली महिलाको सूचीमा राखेको छ ।

Featured