देश

सशस्त्रका हवल्दार अख्तियारको नियन्त्रणमा

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्णनगरका सशस्त्र प्रहरीका हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट ३५ हजार घुस लिैदै गरेको अवस्थामा नियन्त्रणमा शुक्रबार लिइएको अन्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीबाट ३५ हजार घुस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो ।

सूचना अधिकारी सुरेश भुसालका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट रङेहात नियन्त्रणमा लिइएको हो ।

Featured