देश

घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा तिव्रता

डडेल्धुराको अमरगढी नगरपालिका–३ मा रहेको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान क्षेत्रको पर्यटन पूर्वाधार निर्माण कार्यले तिव्रता लिएको छ । अमरगढी नगरपालिकको पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत काम भइरहेको हो ।

पर्यटन पूर्वाधारका लागि संघीय समपुरक अनुदानबाट १ करोड ४२ लाख र प्रदेश सरकारको १५ लाखको लागतमा लागतमा पूर्वाधारको काम अघि बढेको नगरपालिकाले जनाएको छ ।

बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र भएकोले प्रचारप्रसार मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्य अघी बढाइएको नगरउपप्रमुख संगिता भण्डारीले बताइन् ।

घटाल क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि यस क्षेत्रमा तलाउ निर्माण गरीने, कम्पाउण्ड वाल निर्माण, बाटो तथा शवदाह गृह बनाउने योजना रहेको उनको भनाइ छ । उनले यी पूर्वाधार निर्माण पश्चात यस क्षेत्रको छुट्टै आकर्षण बढ्ने बताए ।

यस क्षेत्रमा भौतिक संरचना निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । घटाल थानको छुट्टै महत्व रहेकाले यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीय प्रेमराज बोहराको भनाइ छ ।

Featured