देश मनोरंजन

निशानको ‘सरला’ मा नाजिर र अनुको प्रेम

मधेशी समुदायमका व्याप्त दाइजो प्रथाले परिवारमा उत्पन्न कलहको विषयमा निर्माण भएको म्युजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । मधेशी समुदायमा हुर्के-बढेका अभिनेता नाजिर हुसेनले भिडियोमा अभिनय गरेका छन् । उनलाई अनु थापाले साथ दिएकी छन् । अन्तरजातीय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ ।

प्रेमभाव बोकेको गीतमा निशान भट्टराईको स्वर रहेको छ । गीतमा सुवास भुसालको संगीत र प्रह्लाद शाहको शब्द रचना छ । विकास सुवेदीको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई सागर प्रधानले खिचेका हुन् । गीतको भिडियोमा जीवन थापाको सम्पादन तथा कलर रहेको छ ।

गीतले मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवा-युवतीबीचको प्रेम देखाइएको निर्देशक सुवेदीले बताए ।

Featured