खेलकुद विदेश

शाख्तर डोनेस्कसँग रियल मड्रिड स्तब्ध

एजेन्सी, १७ मंसिर-युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड शाख्तर डोनेस्कसँग स्तब्ध बनेको छ । यो पराजयसँगै रियलले अन्तिम १६ मा स्थान बनाउन थप खेल कुर्नुपर्नेछ ।

गएराति भएको खेलमा रियल शाख्तर डोनेस्कसँग २–० ले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल खायो ।

शाख्तर डोनेस्कका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरे । अब रियलले अन्तिम १६ मा पुग्न समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेङ्गग्लाडवाचलाई पराजित गर्नुपर्नेछ ।

तेस्रो स्थानमा झरेको रियल मड्रिडको सात अंक छ भने शाख्तर डोनेस्क समान अंकसहित दोस्रो स्थानमा छ । गएराति नै भएको खेलमा इन्टर मिलानसँग ३–२ ले पराजित भएको बोरुसिया ८ अंकसहित शीर्ष स्थानमा छ । पुछारमा रहेको इन्टर मिलानको पाँच अंक छ ।

Featured