विदेश

भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

काठमाडौं, भदौ ७–भारतका पूर्वअर्थमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का केन्द्रीय सदस्य अरुण जेटलीको ६६ वर्षका उमेरमा निधन भएको छ ।

विगत केही दिनदेखि गम्भीर बिमारी रहेका जेटलीको शनिबार भारतीय समयअनुसार अपराह्न १२ बजेर ७ मिनेटमा एम्समा उपचारकै क्रममा निधन भएको हो ।

जेटली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसअघिको कार्यकालमा अर्थमन्त्री रहेका थिए । उनी उपचारका लागि साउनको अन्तिम सातादेखि नै एम्समा भर्ना भएका थिए। उनलै यसै वर्षका मे महिनामा मृगौला प्रत्यारोपण गराएका थिए ।

Featured