देश राजनीति

गोविन्द नारायणसहित १३ केन्द्रीय सदस्य साझा पार्टीको केन्द्रमा नबस्ने

विवेकशील नेपाली दलका एक मुख्य नेता गोविन्द नारायण साझा पार्टीको नेतृत्वमा नफर्कने भएका छन् । उनी, विजयबाबु शिवाकोटी, कर्मा तामाङलगायत १३ केन्द्रीय सदस्यहरू साझा पार्टीको नेतृत्वमा नबस्ने भएका हुन् । विवेकशीलमा हाल ३६ केन्दीय सदस्य छन् ।

‘पुनः एकता गर्ने निर्णयसँग हामी नीतिगत रूपमा सहमत छैनौँ,’ गोविन्द नारायणले शिलापत्रसँग भने, ‘अहिले पार्टीबाहिर बस्ने त नभनौँ, तर पूरै निस्क्रिय भएर बस्ने विचारमा छौँ ।’

विजयबाबु शिवाकोटीलेसँग बताएअनुसार विवेकशीलमा भएका ४० प्रतिशत सदस्यहरू साझा पार्टीसँग एकता प्रक्रियामा जाने छैनन् । विवेकशील नेतृ रन्जु दर्शनाले पनि एकता प्रक्रियाबारे मतभेद रहेकाे भन्दै सबै सदस्य नयाँ दलमा सहभागी नहुने खबर स्वीकार गरिन् ।

Featured