देश

नेकपा बाझेका बेला हामी पुन: स्थापित हुन्छौँ भन्ने नसोचे हुन्छ:नारायणकाजी

काठमाडौं, १६ मंसिर-जनताद्वारा विस्थापति शक्तिहरूले पुन: स्थापित गर्ने कुनै सोच नबनाउन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आग्रह गरेको छ । नेपालका विभिन्न ठाउँमा राजवादीले गरेका प्रदर्शनबारे संचारकर्मीले गरेको प्रश्नको उत्तर दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताले विस्थापति शक्ति पुन: स्थापित हुन्छौ भन्ने सोच नबनाउन आग्रह गरेका हुन् । उनले लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमीकमजोरी भएका भए त्यसको समीक्षा गरेर अगाडि बढ्न सकिनेसमेत बताए ।

‘प्रतिगामी शक्तिहरूले नेपालमा फेरि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमीकमजोरी भएका छन् भने त्यसको समीक्षा गरेर अगाडि बढ्छौँ’, उनले भने, ‘तर, जनताद्वारा विस्थापति शक्तिहरूले पुन: स्थापित गर्ने कुनै सोच नबनाए हुन्छ ।’

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंलगायत देशका विभिन्न शहरमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले राष्ट्रिय झण्डा बोकेर राजा आऊ देश बचाऊलागतका नारा लगाउने गरेका छन् ।

Featured