देश

कञ्चनपुरका कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार क्षेष्ठका अनुसार ८ मङ्सिरमा अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास समस्या थियो । उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Featured