देश

सेनाको परीक्षामा नक्कली परीक्षार्थी, २ जना पक्राउ

नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका- ४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

वास्तविक परीक्षार्थी बझाङ दुर्गाथली गाउँपालिका-४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी डोटी सायल गाउँपालिका-६ का २२ वर्षीय सुमन खड्कासमेत दुवैलाई पक्राउ गरी कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

Featured