देश

वीर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीले लगाए ताला

वीर अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीले तालाबन्दी गरेका छन् । तलब भत्ताको माग राख्दै १ महिनादेखि आन्दोलनमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीले तालाबन्दी गरेका हुन् ।

‘स्वास्थ्यकर्मी र कर्मचारीले अहिलेसम्म कोभिड भत्ता र खाइपाई आएको सेवा सुविधा पाएका छैनन् । अस्थायी र ज्यालादारी कर्मचारीले समयमा तलबभत्ता पाएका छैनन् । यस्तो समयमा पनि कर्मचारीको मनोबल गिराउने काम भयो,’ नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले भने ।

मागको सुनुवाइ नभएपछि बाध्य भएर लेखा, प्रशासन र पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको उनले बताए । ‘मागको सुनुवाइ भएन । मन्त्रालय पनि मुकदर्शक बनेर बस्यो । अस्पतालको नेतृत्वले होटलबाट काम गरेका छन् । त्यसैले बाध्य भएर तालबाबन्दी गरेका हौँ’, उनले भने ।

Featured