काठमाडौं, १४ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको हो ।
आज देशभर १ हजार २५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । त्यस्तै आज १ हजार ४०४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । आज देशभर १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस