देश

ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन सरकारप्रति पूर्वाग्रही : संचारमन्त्री

काठमाडौं, १४ मंसिर-सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन सरकारप्रति पूर्वाग्रही भएको बताएका छन् । संचार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा हालै सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनको खण्डन गर्दै सरकारप्रति पूर्वाग्रही भएको बताएका हुन् ।

‘ट्रान्सपरेन्सी इन्टरनेश्नलको क्रप्सन प्रसेप्सन इन्डेक्स सन २०१८ को प्रतिवेदनमा नेपाल १२४ औँ स्थानमा थियो । तर, एक वर्षको अवधि नपुग्दै २०१९ को प्रतिवेदनले नेपाललाई ११ स्थान माथि उकाल्दै ११३ औँ स्थानमा देखाएको छ । यो तथ्यले पनि टान्सपरेन्सी इन्टरनेश्नलले हालै सार्वजनिक गरेको प्रतिवेदनले आफैँमा सरकारप्रति पूर्वाग्रही रहेको देखाउँछ’ उनले भने ।

उनले हालै सार्वजनिक रिपोर्ट विवादित रहेकाले सरकारले यसको तथ्य तथा तथ्यांकप्रति असहमति र अस्वीकार गरेको बताए । उनले अन्य विश्व सूचांकले नेपालको विविध क्षेत्रमा सुधार हुँदै आएको देखाएको बताए ।

Featured