देश

बलात्कार प्रकरणमा संलग्न रहेको आरोपमा वडाध्यक्ष पक्राउ

बैतडीको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी (रिता) नाम परिवर्तित बलात्कार प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेको छ । प्रहरीले सिगास गाउँपालिका–३ का वडा अध्यक्ष शेरसिंह साउदसहित थप चार जनालाई पक्राउ गरेको हो ।

वडाअध्यक्षसहित सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसअघि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो ।

उनीहरूमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिए । बलात्कार घटनाका मुख्य आरोपित दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ ।

Featured