देश

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गबीच शिष्टाचार भेट

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बालुवाटारमा फेङ्गले ओलीसँग शिष्टाचार भेट गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

वालुवाटार जानुअघि चिनियाँ रक्षामन्त्री फेङ्गलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरेको थियो । सम्मान ग्रहणपछि फेङ्गले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

Featured