विदेश

बाइडेन राष्ट्रपति निर्वाचित भए ह्वाइट हाउस छोड्छुः ट्रम्प

एजेन्सी, १२ मंसिर-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको राष्ट्रपतिमा चयन गरेमा आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् ।

उनले पहिलो पटक हुवाइट हाउस छाड्ने घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्प गत ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनसँग पराजित भएपनि उनले अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।

उनले पत्रकारसँग कुराकानी गर्दैै मतदानमा धाँधली भएको आरोप दोहो¥याएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ३०६ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २३२ मत पाएका छन् । कुल मतका हिसाबले ट्रम्पले भन्दा ६० लाख बढी मत ल्याएका छन् ।

राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा गर्न इलेक्टोरल कलेजको बैठक १४ डिसेम्बरमा बस्दैछ । इलेक्टोरल कलेजले पुष्टि गरेपछि २० जनवरीमा बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

ट्रम्पको चुनावी अभियानले केही राज्यमा मुद्दा दर्ता गरेको भए पनि सबैजसो स्थानमा खारेज भएका छन् । यसै साता केही अनिश्चितताका बाबजुद ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्न अनुमति दिने बताएका थिए । ट्रम्पको सो भनाईपछि बाइडेनले अन्तरिम प्रशासन चलाउन खर्चका साथै गुप्तचर रिपोर्टिङहरु प्राप्त गर्न थालेका थिए ।

उनलाई पत्रकारले १४ डिसेम्बरमा इलेक्टोरल कलेजले बाइडेनलाई राष्ट्रपति निर्वाचित गरेपछि पद छाड्न तयार हुनुहुन्छ भनेर गरेको प्रश्नको जवाफमा भनेका छन्, ‘निश्चित रुपमा म गर्नेछु, त्यो तपाईहरुलाई पनि थाहा छ । यदि बाइडेनको जित घोषणा भएमा यसले त्यो गल्ती गर्नेछ ।’

Featured