देश

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

कास्की, ११ मंसिर-आफ्नै नावालिग १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । ३९ वर्षीय पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको हो ।

बिगत केही वर्षदेखि अनेकौँ बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र पछिल्लो समय ६ मंसिरमा एउटा होटलमा लगी अश्लील फोटो तथा भिडियो देखाइ जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा ती पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निज प्रतिवादीबिरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

Featured