देश

नेपालसँगको निकटतम मित्रताबारे छलफल गर्छु : श्रृंगला

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भारत मित्रतालाई थप अघि बढाउने विषयमा छलफल केन्द्रित हुने बताएका छन्।दुई दिने नेपाल भ्रमणमा आएका श्रृंगलाले दुई देशको निकटतम मित्रताबारे छलफल हुने उल्लेख गरेका हुन्। ‘हाम्रो छलफल निकटतम मित्रतालाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित हुने छ,’ उनले भने।

श्रृंगलाले  विमानस्थलममा न्यानो तथा हार्दिक स्वागत भएको भन्दै कृतज्ञता व्यक्त गरे। उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी भरत पौड्यालसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । श्रृंगला शुक्रबार पोखरा र मनाङ जाने कार्यक्रमसमेत छ।

Featured