देश

युवक संघका उपाध्यक्ष रोकासहित परिवार चढेको गाडी त्रिशुलीमा खस्यो

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसेको छ ।

उनीसहित परिवार चढेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान कुरिनटार नजिकैबाट त्रिशुलीमा खसेको हो । प्युठानबाट उपचारका लागि बिरामी लिएर काठमाडाैं आउँदै गरेको भ्यान दुर्घटना हुँदा घाइते भएका राेकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

उनको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । सो दुर्घटनामा उनकी श्रीमती ३३ वर्षीया जमुना रोका र सवारी चालक २३ वर्षीय सूर्य केसी मृत अवस्थामा भेटिएका छन् । छोरी १५ वर्षीया जिनिसाको खोजी कार्य जारी रहेको छ ।

Featured