देश

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् ।

काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई लक्षित गरेर कुनै पनि प्रकारको अप्रिय घटना नहोस् भनेर बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाली नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गुप्तर पनि श्रृंगलाको सुरक्षाको लागि खटिएका छन् । उनी परराष्ट्र सचिव भरत पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

पछिल्लो पटक दार्चुलाको कालापानी/लिपुलेखको सीमा विवादका कारण नेपाल-भारतको सम्बन्ध चिसिएको थियो । सीमा विवादपछि सचिव स्तरको याे पहिलाे भेटघाट  हो ।

Featured