देश

घूस लिएको अभियोगमा वनरक्षक विश्वकर्माविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रूपन्देहीका वनरक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार घूस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वनरक्षकले घूस लिएको समेत पुष्टि भएको छ । आयोगले आरोपी वनरक्षक विश्वकर्माविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ ।

Featured