देश

कोरोनाबाट थप २४ को मृत्यु, ४५० संक्रमित भेन्टिलेटर र आईसीयूमा

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

आज १० हजार ८४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

aत्यस्तै, आज थप २ हजार ७९१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ । तीमध्ये ६ हजार ५१८ जना होम आइसोलेसनमा छन् ।

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा रहेका ४५० जनाले भेन्टिलेटर र आईसीयूमा उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार ३९३ जना आईसीयूमा उपचाररत छन् भने ५७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Featured