देश

साफ यु–१५ मा नेपालको पहिलो जित

पश्चिम बंगाल, भदौ ६-शुक्रबार भएको साफ यु–१५ च्याम्पियनसिपतर्फ नेपाले युवा टोलीले पहिलो जित हात पारेको छ। यसअघि आफ्नो पहिलो खेलमा भारतसँग ५–० को फराकिलो हार बेहोरेको नेपालले शुक्रबार श्रीलंकालाई २–० ले हराउन सफल भयो।

पश्चिम बंगालको कल्याणी स्थित कल्याणी स्टेडियममा भएको खेलमा नेपालले ४६औं मिनटमा सशांक बोहरा र त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अशिम राईले ८३औं मिनटमा गरेको गोल नै नेपालको जितमा निर्णायक साबित भयो।

अब प्रतियोगितातर्फ नेपालले आफ्नो तेस्रो खेल आउँदै मंगलबार साविक विजेता बंगलादेशसँग खेल्नेछ। स्मरण रहोस, बंगलादेशले शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा भुटानलाई ५–२ ले हराएको थियो।

Featured